आत्मनिर्भरताका लागि स्रोतहरू
पाठ्यक्रमका अद्यावधिहरू


पाठ्यक्रमका अद्यावधिहरू (२०२४)

पाठ्यक्रमका अद्यावधिहरू

अद्यावधि गरिएका EnglishConnect का स्रोतहरूका सम्बन्धमा सूचना दिँदै

EnglishConnect का सामग्रीहरूका अद्यावधिक गरिएका डिजिटल संस्करणहरू अब सुसमचार पस्ताकालय एप र ChurchofJesusChrist.org मा अङ्ग्रेजी भाषामा उपलब्ध छन् । यी अद्यावधिहरूमा सिकरूहरू, शिक्षकहरू र अगुवाहरूलाई सहयोग गर्नका लागि सुधारहरू समावेश छन् । उदाहरणहरूमा दैनिक अभ्यास, अनुवाद सहयोग र अध्ययन र आस्थाद्वारा सिकाइका सिद्धान्तहरूका लागि स्रोतहरू समावेश छन् । englishconnect.org/updates मा थप जानकारी प्राप्त गर्नुहोस् ।

अपडेट गरिएका EnglishConnect का सामग्रीहरू

यी अपडेटहरू ४० भन्दा बढी थप भाषाहरूमा अनुवाद गरिँदै छन् । संशोधित इलेक्ट्रोनिक र मुद्रित संस्करणहरू स्थानीय भाषामा उपलब्ध भएपछि स्थानीय अगुवाहरूलाई सूचित गरिने छ । सदस्यहरू र सुसमाचार प्रचारकहरूले अपडेट गरिएका संस्करणहरू उपलब्ध नहुँदा सम्म EnglishConnect का सामग्रीहरूका हालका संस्करणहरू प्रयोग गर्न निरन्तरता दिनु पर्छ ।

सुसमाचारको पुस्तकालयमा EnglishConnect का नयाँ सामग्रीहरूको अन्वेषण गर्नुहोस्:

EnglishConnect का पुस्तिकाको डिजिटल प्रयोग गर्न सिफारिस गरिन्छ र store.ChurchofJesusChrist.org (Gospel Study > Manuals and Guides > EnglishConnect) को अनलाइन स्टोरमा उपलब्ध भएपछि तपाईंले मुद्रित सामग्रीहरू मगाउन सक्नुहुन्छ ।

अद्यावधिक गरिएका स्रोतहरू सहित वार्तालाप समूहहरूको नेतृत्व गर्न तयारी गरिरहँदा शिक्षकहरूलाई शिक्षक तालीमका भिडियोहरू समीक्षा गर्न प्रोत्साहन गरिन्छ ।

EnglishConnectका पूर्व संस्करणका यी सामग्रीहरूलाई प्रतिस्थापन गर्नुहोस्

अब देखि EnglishConnect का सामग्रीहरूका पूर्व संस्करणहरूको प्रयोग बन्द गरिएको छ । यद्यपि यी स्रोतहरू प्रतिस्थापन गरिएको भए तापनि ती सामग्रीहरू अनलाइन स्टोरमा रहँदा सम्म वा अद्यावधिक गरिएका संस्करणहरू खरीद गर्नका लागि उपलब्ध नहुँदा सम्म तपाईंले पूर्व संस्करणहरू खरीद गर्न सक्नुहुन्छ ।

पूर्व EnglishConnect का सामग्रीहरू

EnglishConnect का हालका समूहहरूले तिनीहरूका समूहले ती सामग्रीहरू प्रयोग नगर्ने निर्णय नगर्दा सम्म EnglishConnect का सामग्रीहरूका पूर्व संस्करणहरूको प्रयोगलाई निरन्तरता दिन सक्छन् वा ती सामग्रीहरूका अपडेट गरिएका डिजिटल संस्करणहरू उपलब्ध हुने बित्तिकै को तिनीहरूको प्रयोग गर्न सुरू गर्न सक्छन् ।