२०१०–२०१९
चर्चका निम्ति प्रकाश, हाम्रा निम्ति प्रकाश
अप्रिल २०१८


चर्चका निम्ति प्रकाश, हाम्रा जीवनका निम्ति प्रकाश

आउदा दिनहरुमा, पवित्र आत्माको मार्ग दर्शन, निर्देशन, सान्तोना, र निरन्तर प्रभाव बिना अध्यात्मिक रुपमा बाँच्न सम्भब हुदैन ।

यो कत्ति महिमित आशिष हो यो इस्टर मैले साधारण सम्मेलनको आइतबारमा तपाइँहरूसँग मनाउन पाइराखेको छु| यो पृथ्वीमा घटेको घटनामध्य सबभन्दा महत्वपूर्ण घटनाको सम्झना संसारमा हिंडेका मानिसहरू मध्ये सबभन्दा महत्वपूर्ण मानिसको आराधना गर्नु भन्दा बढी उचित अरु केहि हुँदैन|यो चर्चमा हामी त्यो व्यक्तिको आराधना गर्छौं जसले आफ्नो अनन्त प्रयाश्चीत्त गेथ्सेमनेको बगैचाबाट सुरु गर्नुभयो| उहाँ हामी सबैका पाप र कमजोरीहरूका निम्ति कष्ट सहन तयार हुनुभयो, जुन कष्टले उहाँलाई “प्रत्येक रौँकोपबाट रगत बगाउन” पर्यो |” उहाँ कल्बरीको डांडामा क्रुसमा टाङ्गिनुभयो अनि तेस्रो दिनमा परमेश्वरका सन्तानहरूमध्ये सबभन्दा पहिलो पुनरुत्थित व्यक्ति भएर उठ्नुभयो|

हाम्रो उद्धारकर्ताको अनन्त प्रयाश्चित्त बिना, हामीमध्ये कसैलाई स्वर्गीय पितासम्म फर्केर जान आशा हुँदैनथ्यो| उहाँको पुनरुत्थान बिना, मृत्यु नै अन्त्य हुन्थ्यो| हाम्रो मुक्तिदाताको प्रायश्चित्तले अनन्त जीवन सम्भव भयो भने अमरत्वलाई वास्तविक बनायो|

उहाँको अनुभावातित मिसन र सान्तिका कारण उहाँले आफ्ना चेलाहरूलाई प्रदान गर्नुहुन्छ जुन मेरी श्रीमती वेन्डी, र मैले जनवरी २, २०१८मा अनुभव गरौँ जब हामीलाई अध्यक्ष थोमस एस. मन्सन स्वर्गबास हुनुभयो भन्ने समाचारको फोनको घन्टीले उठायो|

छवि
अध्यक्ष रसल एम. नेल्सन र अध्यक्ष थमस एस. मनसन

हामी अध्यक्ष मन्सनलाई कत्ति सम्जन्छौँ! हामी उहाँको जीवन र उहाँको कार्यलाई सम्मान गर्छौं| एक आत्मीक विशाल व्यक्ति, उहाँले उहाँलाई चिनेका व्यक्तिहरूमा र उहाँले प्रेम गरेको चर्चमा एक नमेटिने छाप छोड्नुभएको छ|

२०१८ जनवरी १४ मा, साल्ट लेक मन्दिरको उपल्लो कोठामा, प्रभुले स्थापना गरेको साधारण तर पवित्र नमुना अनुसार प्रथम अध्यक्षताको पुनर्स्थापना गरिएको थियो| हिजो बिहानको धार्मिक भेलामा, संसार भरिका चर्चका सदस्यहरूले हात उठाएर प्रेरितहरूले पहिले गरेको कार्यलाई पुष्टि गरियो| तपाइँहरूको समर्थन प्रति धेरै आभारी छु|

म उहाँहरू प्रति पनि आभारी छु जसको काँधमा म खडा छु| मेरो लागि एक आशिष भएको छ मैले गत ३४ बर्ष प्रेरित गणमा सेवा गर्ने र विगतका १६ अगमवक्ता मध्य १० लाई व्यक्तिगतरुपमा चिन्न पाएको छु|उहाँहरूबाट मैले धेरै सिक्न पाएको छु|

म मेरा अग्रगामीहरू प्रति पनि धेरै ऋणी छु| मेरो आठै जिजुबुवा र जिजुआमाहरू चर्चमा परिवर्तित भएर आउनु भएको हो| उहाँहरू सबैले सियोनमा आउन आँफूसँग भएको सबै त्याग गर्नुपर्यो | तर, त्यसपछिका पुस्ताहरूमा, मेरो पुर्खाहरू त्यति वचनवद्ध भएनन्| फलत: म सुसमाचार केन्द्रित घरमा हुर्किन पाइन|

छवि
अध्यक्ष नेल्सनको अविभावकहरु
छवि
यूवा अध्यक्ष नेल्सनको परिवार

म मेरा आमाबुवाको अत्यन्त प्रसंसा गर्छु| मेरा निम्ति उहाँहरू संसार हुनुहुन्छ र उहाँहरूले मलाई महत्वपूर्ण पाठ सिकाउनुभयो| म र मेरा दाजुभाई दिदिबहिनिका निम्ति उहाँहरूले खुसियालीको जीवन दिनुभएकोमा उहाँहरूप्रति कृतज्ञ छु| एक दिन म गाडीमा चढेर LDS पुस्तक पसल गएँ र चर्चका बारेमा एउटा पुस्तक लिएँ| मलाई सुसमाचारका बारेमा सिक्न खुब मन पर्थ्यो|

जब मैले बुद्ध्हिको वचनका बारेमा बुझें, ममा मेरा मातापिताले पनि त्यो नियम जीऊन् भन्ने चाहना भयो| त्यसैले एक दिन जब म कलिलो उमेरको थिएँ, म मेरो छिंडीमा गएँ र त्यहाँ भएका मदिराका प्रत्येक बोतललाई कंक्रिटमा फालेर फोंड़े| मैले पूर्ण आशा थियो मेरा बुवाले मलाई सजायं दिनुहुन्छ, तर उहाँले एक शब्द पनि बोल्नुभएन|

जब म हुर्कदै गएँ र परमेश्वरको योजनाको बृहतताको पहिचान पाउँदै गएँ, मैले अक्सर भन्ने गर्थें, “मलाई अर्को क्रिस्मास उपहार चाहिन्न, मलाई केवल मेरा मातापितासँग मन्दिरमा मोहर बन्द हुन रहर छ” त्यो प्रतिक्षित घडी मेरा मातापिता ८० बर्ष ननाघिन्जेलसम्म आएन,अनि त्यो आयो | त्यसदिन मैले महसुस गरेको खुसियाली म पूर्ण रुपमा वयान गर्न सक्दिन, र हरेक दिन म उहाँहरुको मोहर बन्दी र मेरो उहाहरूसंगको मोहर बन्दीको त्यो खुशी महसुस गर्छु ।

छवि
रसल र दन्टेल नेल्सन

१९४५मा, जब चिकित्साशास्त्रको विद्यालयमा थिएँ, मेरो डेन्जेल व्हाइटसँग साल्ट लेक मन्दिरमा भयो| उनी र म नौ अति सुन्दरी छोरी र एक असल छोराबाट आशिषित भयौं| आज हाम्रो बढ्दो परिवार मेरो जीवनका निम्ति महान आनन्दका कुराहरू मध्ये एक बनेका छन्|

छवि
अध्यक्ष र सिस्टर नेल्सन र उहाँहरुका छोरीहरु
छवि
अध्यक्ष नेल्सन र उहाँका छोरा

२००५ मा, लगभग ६० बर्षको दाम्पत्य जीवन पश्चात, मेरी प्यारी डेन्जेल आकस्मिकरुपमा घर फर्केर गइन्| केहि समयका निम्ति मलाई बेदनाले अचालित बनायो| तर इस्टरको र पुनरुत्थानको सन्देसले मलाई बाच्ने साहारा दियो|

छवि
वेन्डी र रसल नेल्सन

त्यसपछि प्रभुले मेरो जीवनमा वेन्डी वाट्सनलाई ल्याउनु भयो| हामी अप्रिल ६, २००६ मा साल्ट लेक मन्दिरमा मोहर बन्द भएका थियौं| म उनलाई कत्ति माया गर्छु! उनी मेरा निम्ति, हाम्रा परिवारका निम्ति र पुरा चर्चका निम्ति आशिष हुन्, र एक असाधारण महिला हुन्|

यी प्रत्येक आशिष पवित्र आत्माको प्रेरणाहरूको खोजिको र पालनाको नतिजाको रुपमा आएका हुन्| अध्यक्ष लोरेन्जो स्नोले भन्नुभएको थियो, “पछिल्ला दिनका सन्तहरूका लागि यो एक महान आशिष यो हो कि हामी सबैल्लाई हाम्रो जीवनको प्रत्येक दिन आत्माबाट प्रकाश पाउने अधिकार छ|”

आत्माले म चर्चको नयाँ अध्यक्षको रुपमा बोलावट भए पछि पवित्र आत्माले पटक पटक एक कुराको छाप छोडेको छ कि प्रभु हामीलाई उहाँको इच्छा र चाहना प्रकट गर्न कत्ति इच्छुक हुनुहुन्छ| प्रकाश प्राप्त गर्ने आशिष परमेश्वरले आफ्ना सन्तानहरूलाई दिएको महान आशिषहरू मध्ये एक हो|

पवित्र आत्माले दिएको प्रकट मार्फत, प्रभुले हाम्रा धर्मी प्रयासहरूलाई मद्दत गर्नुहुन्छ | मलाई सम्झना छ एउटा अपरेसन कोठामा-कहिल्यै नगरिएको अपरेसन कसरी गर्ने थाहा नहुँदा, म विरामी अगाडी उभिएर बसेको बेलामा पवित्रा आत्माले त्यो अपरेसन कसरी गर्ने भनी चित्र कोरेको मैले अनुभव गरेको छु|5

मैले वेन्डीलाइ गरेको प्रस्ताबलाई अझ दह्रो बनाउन उनलाई भने, “मलाई प्रकाश के हो र कसरि प्राप्त गर्ने थाहा छ” उनको श्रेयका निम्ति— र यो उनको बानी रहेछ भन्ने थाहा पाउन पाएँ—हाम्रा निम्ति उनले पहिले नै आफैंले प्रकाशको खोजि गरेर् प्राप्त गरिसकेकी रहिछन्, जसले गर्दा उनले हुन्छ भन्ने सहास प्राप्त गरिन्|

बाह्र गणको सदस्यको रुपमा मैले प्रत्येक दिन प्रकाशका निम्ति प्रार्थना गर्थें र प्रत्येक पटक मैले प्रभुलाई धन्यवाद दिन्थें| उहाँले मेरो हृदय र मस्तिस्कमा बोल्नुभयो|

यो आश्चर्यकर्मलाई कल्पना गर्नुहोस्! तपाइँको चर्चमा जे जिम्मेवारी भए पनि, हामी स्वर्गीय पितामा प्रार्थना गर्न सक्छौं र निर्देशन र सहयोग प्राप्त गर्न सक्छौं, तर खतरा र बिचलनबाट होसियार हुनुहोस, र हामीले आँफै गर्न नसक्ने काम गर्न तत्पर हुनुहोस| यदि हामीले साँच्चीकै पवित्र आत्माको प्राप्त गर्यौं र उहाँको संदेशहरूलाई छुट्याउन र बुझ्न सिकौं भने हामीले साना र ठुला कुराहरूमा निर्देशन पाउनेछौं|

जब मलाई दुइटा सल्लाहकार छान्ने कठिन कार्य आइपर्दा, मलाई मैले कसरी मैले अति प्रेम गर्ने बाह्रमध्ये दुइलाई मात्र छन्न् सक्छुं भन्ने लग्यो|

किनभने मलाई थाहा छ कि असल संदेश असल जानकारीमा आधारित हुन्छ| मैले प्रत्येक प्रेरितसँग एक एक गरि भेटें| त्यसपछि मैले आँफैलाई मन्दिरको एउटा कोठामा बन्द गरें र प्रभुको चाहना बुझ्न खोजें| म गवाही दिन्छु कि प्रभुले मलाइ अध्यक्ष डालिँन् एच. ओक्स र अध्यक्ष हेनरी बि. आइरिंग प्रथम अध्यक्षतामा मेरा सल्लाहकारका रुपमा छान्न निर्देशन दिनुभयो|

त्यसरी नै, म गवाही दिन्छु कि प्रभुले एल्डर गेरिट डब्लु. गङ र एल्डर युलिसेस सोरेस् लाई उहाँको प्रेरितका रुपमा नियुक्ति गर्न संदेश दिनुभयो| म उहाँहरूलाई यो भिन्न भातृत्वमा स्वागत गर्दछु|

जब हामी प्रथम अध्यक्षताको परिषद र बाह्र गण एक साथ भेला हुन्छौं, हाम्रो बैठक कोठा प्रकाशको कोठा बन्छ| आत्मा अनुभव गर्न सकिने गरि उपस्थित हुन्छ| जटिल कुराहरूका निम्ति परिश्रम गर्दा, एउटा चाखलाग्दो प्रक्रिया सुरु हुन्छ जब प्रत्येक प्रेरितले आफ्नो विचार र दृष्टिकोण नहिच्किचाई व्यक्त गर्नुहुन्छ| हाम्रो सुरुको सोचाई भिन्न भिन्न भए पनि हामीले एक अर्का प्रति अनुभव गर्ने प्रेम रहिरहन्छ| हाम्रो एकताले प्रभुको चर्च प्रतिको उहाँको चाहना चिन्न सहायता गर्छ|

हाम्रा मिटिंगहरूमा, बहुमतको कदर हुँदैन! हामी एकीकृत नभइन्जेल प्रार्थनापुर्वक एक अर्कालाई ध्यान दिएर सुन्छौं र एक अर्कासंग बोल्छौँ| जब हामी पूर्ण एक मनका हुन्छौं, पवित्र आत्माको एकीकरण गर्ने प्रभावले हाम्रो दिल छुन्छ| हामीले अनुभव गर्छौं कि अगमवक्ता जोसेफ स्मिथले सिकाए जस्तै “भावनाको एकताले हामीले परमेश्वरको शक्ति पाउन सक्छौं ।” प्रथम अध्यक्षता र बाह्र गणको कुनैपनि सदस्यले प्रभुको चर्चमाथिको निर्णय कहिल्यै पनि आँफैल गर्दैन|

दाजुभाइ दिदिबहिनि, हामी कसरी प्रभुले चाहे जस्तै महिला र पुरुष—ख्रीष्ट जस्तै सेवक—बन्न सक्छौं| हामीलाई सताउने प्रश्नको उत्तर कसरी पाउन सक्छौं? यदि जोसेफ स्मिथले पवित्र स्थानमा पाएको त्यो युगानु युग रहने अनुभवले हामीलाई केहि सिकाउँछ भने यो हो कि स्वर्ग खुलेको छ र कि परमेश्वर आफ्ना सन्तानसंग बोल्नुहुन्छ|

अगमवक्ता जोसेफ स्मिथले हाम्रा प्रश्नको समाधान गर्नका लागि अनुसरण गर्न मिल्ने एक नमुना दिनुभएको छ| हामीलाई बिबेकको कमि भए हामी परमेश्वरलाई सोध्न सक्छौं भन्ने याकुबले दिएको वाचाप्रति आकर्षित भएर कलिलो जोसेफले आफ्ना प्रश्न सिधै स्वर्गिय पिता समक्ष राख्नुभयो| उहाँले व्यक्तिगत प्रकाश खोज्नुभयो, उहाँको खोजेले अन्तिम युगको सुरुवात भयो|

त्यसरी नै तपाईंको खोजेले तपाईंका निम्ति के खोल्नेछ? तपाईलाई कुन विवेकको खाँचो छ? तपाइँलाई के बुझ्न र जान्न अत्यन्त जरुरि छ? अगमवक्ता जोसेफले देखाएको उदाहरणको अनुकरण गर्नुहोस| नियमित रुपमा जान मिल्ने एक सान्त स्थान फेलापार्नुहोस| आँफैलाई विनम्र बनाउनुहोस्| आफ्नो हृदय तपाइँको स्वर्गीय पिता सामु पोख्नुहोस| उत्तरका निम्ति र सान्त्वनाका निम्ति उहाँतर्फ फर्कनुहोस|

तपाइँका चिन्ता, तपाइँका भय, तपाइँका कमजोरी—हो, तपाइँका हृदयमा तड्पिरहेका सबै कुराहरूका—बारेमा येशू ख्रीष्टका नाउँमा प्रार्थना गर्नुहोस| अनि सुन्नुहोस्! तपाइँ मस्तिस्कमा आएका विचारहरूलाई लेख्नुहोस| तपाइँका भावनाहरूलाई रेकोर्ड गर्नुहोस् र तपाईलाई जे गर्नुपर्छ भनि संदेश दिइएको थियो त्यो गर्नुहोस्| जब तपाइँले यो प्रक्रिया दिन पिच्छे, महिनै पिच्छे, बर्षे पिच्छे दोहोर्याउनुहुन्छ, तपाइँ “प्रकाशको सिद्धान्तमा हुर्कनुहुनेछ|”

के परम्श्वर साँचै नै तपाइँसंग बोल्नचाहनुहुन्छ? हो चाहानुहुन्छ! “हुनसक्छ एक मानिस मिसौरी नदिलाई यसको गन्तव्यस्थानमा जानबाट रोक्न आफ्ना कम्जोर हात लम्ब्याउन सक्छ...पछिल्ला दिनका सन्तहरूको शिरमाथि स्वर्गबाट खनिने ज्ञानलाई रोक्न खोज्नु जस्तै हो|”१०

तपाईले के सत्य हो भनी पिर लिनु पर्दैन |११ तपाइले कसमाथि विश्वास गर्ने भनि चिन्ता लिनु पर्दैन| व्यक्तिगत प्रकाशमार्फत, गवाही प्राप्त गर्न सक्नुहुन्छ कि मोर्मोनको पुस्तक परमेश्वरको वचन हो, कि जोसेफ स्मिथ एक अगमवक्ता हुनुहुन्छ, र कि यो प्रभुको चर्च हो| अरूले जे भने पनि, तपाईले आफ्नो हृदय र मस्तिस्कमा के सत्य हो भनी प्राप्त गरेको गवाही कसैले खोस्न सक्दैन|

म तपाइँहरूसँग आग्रह गर्छु, तपाइँले आफ्नो आत्मिक क्षमताभन्दा बाहिर गएर व्यक्तिगत प्रकाश प्राप्त गर्नुहोस्, किनकि प्रभुले वाचा गर्नुभएको छ कि “यदि तिमीले मागेमा, प्रकाशमाथि प्रकाश, ज्ञानमाथि ज्ञान प्राप्त गर्नेछौ, कि तिमीले रहस्य र सान्तिका कुराहरू जान्न सक—कि त्यसले खुसियाली ल्याउनेछ, कि त्यसले अनन्त जीवन ल्याउनेछ|”१२

स्वर्गीय पिताले तपाईले अति धेरै कुराहरू जानेको देख्न चाहनुहुन्छ| एल्डर निल ए. म्याक्स्वेलले यसरी सिकाउनुभयो, “जो संग देख्नका लागि आँखा छन् र सुन्नका लागि कान छन्, यो स्पष्ट छ कि पिता र पुत्रले ब्रम्हाण्डका रहस्यहरू खोलिरहनु भएको छ!” १३

बढ्दो पवित्रता, आज्ञाकारिता, इमान्दिरताका साथ खोजि, मोर्मोनको पुस्तकमा१४ भएका ख्रीष्टका वचनहरूमा भोजगर्नु, र नियमित रुपमा मन्दिर र पारिवारिक वंसावालीमा समय खर्च गर्नु जस्ता कार्यहरूले जस्तो स्वर्ग खोल्ने काम अरुले गर्दैनन्|

हुन सक्छ कहिले काही त्यस्तो समय आउन सक्छ त्यति बेला स्वर्ग हाम्रा निम्ति बन्द भएको छ| तर म वाचा गर्छु कि यदि तपाइँ निरन्तर आज्ञाकारी हुनुभयो, परमेषरले तपाइँलाई दिनुभएका आशिषहरू प्रति आभार व्यक्त गर्नुभयो र परमेश्वर समय तालिकालाई धैर्यताका साथ सम्मान गर्नुभयो भने, तपाइँले खोजेको ज्ञान र बुझाइ प्राप्त गर्नुहुनेछ| तपाइँका निम्ति प्रभुसँग भएका आशिषहरू—आश्चर्यकर्महरू समेत—आउनेछन्| व्यक्तिगत प्रकाशले तपाईका निम्ति त्यसै गर्नेछ|

म भविष्यप्रति आशाबादी छु| यो हामी प्रत्येकका लागि उपलब्ध प्रगति गर्ने, सहयोग गर्ने, र सुसमाचारलाई पृथ्वीको प्रत्येक कुनामा लाने अवसरले भरिएको छ| तर म अगाडीका दिनहरू प्रति अन्जान छैन| हामी एक जटिल र बढ्दो वैमनश्यताले भरिएको विश्वमा बस्दछौँ| निरन्त उपलब्ध सामाजिक संजाल र २४ घन्टे समाचार चक्रले हामीमाथि विना अवरोध संदेश बर्साउंछन्| मानिसहरूका सिद्धान्तहरू र थरि-थरिका आवाजहरू माँझ यदि हामी सत्य फेलापार्न आशावान हुन्छौं भने हामीले प्रकाश प्राप्त गर्न सिक्नु पर्छ|

हाम्रो मुक्तिदाता र उद्धारकर्ता, येशू ख्रीष्टले उहाँका सबभन्दा शक्तिशालि कार्यहरू अहिले र उहाँ फेरी आउने समय बीच गर्नु हुनेछ| हामीले त्यस्ता चिन्हहरू देख्ने छौ ता कि परमेश्वर र उहाँका पुत्र येशु ख्रिष्टले यस चर्चमा महिमा र सानका साथ राज्य गर्नुहुनेछ| तर आउँदा दिनहरूमा, पवित्र आत्माको निर्देशन दिने, बाटो देखाउने र सान्त्वना दिने र निरन्तर प्रभाव बिना हामी अध्यात्मिक रुपमा बाँच्न सक्दैनौ|

मेरा प्रिय दाजुभाइ र दिदिबहिनीहरू, म तपाइँहरूसंग प्रकाश प्राप्त गर्न आफ्नो आत्मिक क्षमता बढाउन बिन्ति गर्छु| यो इस्टर आइतबार तपाइँको जीवन परिवर्तनको क्षण बनोस्| पवित्र आत्माको उपहारमा आनन्द लिन र आत्माका आवाजहरूलाई अझ बढी नियमित रुपमा र स्पष्टरुपमा सुन्न आवश्यक काम गर्न रोज्नुहोस्|

मरोनीका साथ म तपाइँहरूसामु यो आइतबार जोड दिंदै भन्छु, “ख्रीष्टमा आऊ र प्रत्येक असल उपहारलाई समात’, १५ पवित्र आत्माको उपहारबाट सुरु गरेर, जुन उपहारले तपाइँका आफ्नो जीवनलाई परिवर्तन गर्न सक्छ र गर्नेछ|

हामी येशू ख्रीष्टका अनुयायी हौँ| पवित्र आत्माले दिने गवाही मध्ये सबभन्दा महत्वपूर्ण सत्य यो हो कि येशू नै ख्रीष्ट, जिउँदो परमेश्वरको पुत्र हुनुहुन्छ| उहाँ जीवित हुनुहुन्छ! पितासामु हाम्रो अधिवक्ता, हाम्रो उधारण, र हाम्रो उद्धारकर्ता हुनुहुन्छ| यो इस्टर आइतवार, हामी उहाँको प्रायस्चित्तको वलिदानलाई, उहाँको पुनरुत्थान र उहाँको इश्वरियतालाई सम्झन्छौं|

यो उहाँको चर्च, अगमवक्ता जोसेफ स्मिथमार्फत पुनर्स्थापित चर्च हो| म, तपाइँहरू प्रत्येक प्रतिको मेरो प्रेम व्यक्त गर्दै गवाही दिन्छु, येशू ख्रीष्टका नाउँमा, आमेन|