2025
येशू ख्रीष्टबाट सहयोग: किन र कसरी
युवाहरूको शक्तिका लागि अप्रिल २०२५


मासिक युवाहरूको शक्तिका लागि सन्देश, अप्रिल २०२५

येशू ख्रीष्टबाट सहयोग: किनकसरी

येशू ख्रीष्ट किन उत्तर हुनुहुन्छ र उहाँले तपाईंहरूलाई कसरी सहयोग गर्नुहुन्छ भनेर बुझ्नुहोस् ।

येशू ख्रीष्ट

ड्यान विल्सनद्वारा चित्रण

“मैले बारम्बार गडबड गरिरहेको छु भनेर मलाई महसुस हुन्छ । प्रयास गरिरहन कठीन छ ।”

“मेरो अवस्था कठीन छ । मलाई कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा जानकारी छैन ।”

“म भविष्यका सम्बन्धमा चिन्तित छु । सफल हुनका लागि आवश्यक पर्ने वस्तु मसँग छ कि छैन भनेर मलाई जानकारी छैन ।”

“म थाकेको छु तर अझै धेरै गर्न बाँकी छ ।”

के तपाईं यी मध्ये कुनै समस्यासँग सम्बन्धित हुन सक्नुहुन्छ? अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभएको छ, “तपाईंहरूसँग जस्तोसुकै प्रश्न वा समस्या भए पनि, त्यसको उत्तर सदैव येशू ख्रीष्टको जीवन र शिक्षामा प्राप्त हुन्छ” (“The Answer Is Always Jesus Christ,” Apr. 2023 general conference [Liahona, May 2023, 127]) ।

“येशू ख्रीष्ट नै उत्तर हुनुहुन्छ” भन्न,सजिलो छ । किनकसरी उहाँ नै उत्तर हुनुहुन्छ भनेर बुझ्न अलिकति बढी प्रयासको आवश्यकता हुन्छ ।

किन ख्रीष्ट नै उत्तर हुनुहुन्छ?

जब उहाँले आफ्नो प्रायश्चितको बलिदान सहनुभयो, मुक्तिदाताले तीनवटा महत्त्वपूर्ण कार्यहरू गर्नुभयो:

  1. उहाँले मृत्यु माथि विजय प्राप्त गर्नुभयो, हामीलाई पुनरुत्थान गर्न अनुमति दिनुभयो ।

  2. उहाँले सबै पापहरूको मूल्य चुकाउनुभयो, जसले गर्दा हामीलाई पश्चात्ताप गर्न, उन्नति गर्न र परमेश्वरकहाँ फर्कन सम्भव भयो । यसले हामीलाई अरूहरूले पाप गर्दा क्षमा दिन पनि सहयोग गर्छ, किनकि ख्रीष्टले तिनीहरूको पाप आफूस्वयम् मा वहन गर्नुभयो ।

  3. उहाँले सबै पीडा, कष्ट, प्रलोभन, रोग र अशक्तताहरू अनुभव गर्नुभयो (हेर्नुहोस् अल्मा ७:११-१३) । यसको अर्थ तपाईंहरूलाई कसरी सहयोग गर्ने र चङ्गाइ दिने भन्ने विषय उहाँलाई राम्ररी जानकारी छ र उहाँले परीक्षाहरू सहन र असल बन्नका लागि प्रयास गर्न तपाईंहरूलाई मजबुत बनाउन सक्नुहुन्छ ।

कुनै पनि समस्या छान्नुहोस् र तपाईंले समाधानलाई ती तीन सत्यहरू मध्ये एक वा बढीसँग जोड्न सक्नुहुन्छ ।

गरिबी? येशू ख्रीष्टले सबै चीजहरू अनुभव गर्नुभएको हुनाले, उहाँलाई यो कस्तो हुन्छ भन्ने विषय राम्ररी जानकारी छ । उहाँले सदैव बाधा हटाउनुहुन्न तर उहाँले त्यो बोझ वहन गर्ने मानिसहरूलाई मजबुत बनाउन सक्नुहुन्छ (हेर्नुहोस् मोसीयाह २४:१५) ।

असफलता? ख्रीष्टले पापमाथि विजय प्राप्त गर्नुभएको हुनाले, हाम्रा असफलताहरू स्थायी हुनु आवश्यक छैन । पश्चात्तापमा सुधार गर्नु र उहाँले पहिचान गर्ने व्यक्ति बन्नु समावेश हुन्छ जुन हामी बन्न सक्छौँ ।

बिरामीपना? उहाँले मृत्यु माथि विजय प्राप्त गर्नुभएको हुनाले, हामी रोग र पीडाबाट मुक्त परिपूर्ण शरीरसहित पुनरुत्थान हुने छौँ । उहाँस्वयम् लाई सान्त्वना र समर्थन प्रदान गर्नका लागि उत्तम व्यक्ति बनाउनुहुँदै ख्रीष्टले “उहाँमाथि … बिरामीपनाहरू पनि [लिनुभयो]” (आल्मा ७:११) ।

ख्रीष्टले कसरी सहयोग गर्नुहुन्छ?

परन्तु जब हामीलाई जानकारी हुन्छ कि किन मुक्तिदाता नै उत्तर हुनुहुन्छ (उहाँ को हुनुहुन्छ र उहाँले हाम्रा लागि के गर्नुभएको छ भन्ने कारणले), तब पनि हामीले उहाँबाट कसरी सहयोग र शक्ति प्राप्त गर्छौँ भनेर बुझ्नु आवश्यक छ । यहाँ केही तरिकाहरू छन्:

प्रार्थना । येशू ख्रीष्टको नाममा प्रार्थना गरेर, हामी जस्ता अपूर्ण मानिसहरूले परिपूर्ण परमेश्वरसँग बोल्न सक्छौँ । हामी कुनै पनि परिस्थितिमा आवश्यक पर्ने शक्तिका लागि प्रार्थना गर्न सक्छौँ र—सदैव हामीले चाहेको वा अपेक्षा गरेको तरिकाले होइन तर हामीलाई आशीष दिने तरिकाले परमेश्वरले उत्तर दिनुहुने छ । मुक्तिदाताको आमन्त्रण वास्तविक छ: “माग र तिमीहरूले प्राप्त गर्ने छौ” (यूहन्ना १६:२४; ३ नफी २७:२९; सिद्धान्त र करार ४:७) ।

पवित्र आत्माको उपहार । स्वर्गका पिता, येशू ख्रीष्ट र पवित्र आत्मा उद्देश्यमा एकताबद्ध हुनुहुन्छ । उहाँहरू सँगै कार्य गर्नुहुन्छ! जब तपाईंहरूले पवित्र आत्माबाट मार्गदर्शन वा सान्त्वना प्राप्त गरेको महसुस गर्नुहुन्छ, तपाईंहरूले यसलाई ख्रीष्टले तपाईंलाई पनि सहयोग गरिरहनुभएको भनेर बुझ्न सक्नुहुन्छ ।

करारहरू पालना गर्ने । बाह्र प्रेरितहरूको गणका एल्डर डेल जी. रेनलन्डले सिकाउनुभएको छ: “करार मार्ग शब्दले करारहरूको श्रृंखलालाई जनाउँछ जसद्वारा हामी ख्रीष्टकहाँ आउँछौँ र उहाँसँग जोडिन्छौँ । करारको यस बन्धनका माध्यमद्वारा, हामीसँग उहाँको अनन्त शक्तिमा पहुँच हुन्छ” (Apr. 2023 general conference [लियाहोना, मे २०२३, ३६]) ।

अनुग्रह । जब हामी येशू ख्रीष्टमा आस्था राख्दै पश्चात्ताप गर्ने अभ्यास गर्छौँ, तब हामीले आफूस्वयम् ले गर्न नसक्ने कार्यहरू पूरा गर्न थप सहयोग र शक्ति (जसलाई अनुग्रह पनि भनिन्छ) प्राप्त गर्न सक्छौँ (धर्मशास्त्रहरूको मार्गदर्शन, “अनुग्रह” हेर्नुहोस्) । यो शक्ति वा अनुग्रह, धेरै तरिकाले आउन सक्छ: पवित्र आत्माबाट, साथीबाट, अपरिचित व्यक्तिबाट, भावनाबाट । मूलतः, कुनै पनि असल विषय ख्रीष्टबाट आउँछ (हेर्नुहोस् मोरोनी ७:२२) । जब तपाईंले थोरै बढी धीरता, थोरै बढी ऊर्जा, सहनका लागि थोरै बढी शक्ति प्राप्त गर्नुहुन्छ, त्यसलाई ख्रीष्टले तपाईंलाई सहयोग गरिरहनुभएको भनेर पहिचान गर्नुहोस् ।

किन र कसरी भनेर सम्झनुहोस्

त्यसैले अर्को पटक तपाईंलाई कुनै प्रश्न वा समस्याको उत्तर आवश्यक हुन्छ भने, ख्रीष्टतर्फ हेर्नुहोस् । पाप, मृत्यु र अन्य सबै मरणशील चुनौतीहरूमाथि उहाँको विजयका कारण केही पनि असम्भव छैन भन्ने विषय सम्झनुहोस् । उहाँले तपाईंलाई कसरी आशीष दिन सक्नुहुन्छ भनेर हेर्नुहोस् अनि तपाईंले आफ्नो जीवनमा उहाँको प्रभाव देख्नुहुने छ । उहाँले तपाईंहरूलाई गहन रूपमा प्रेम गर्नुहुन्छ ।