2025
ख्रीष्टलाई हेर्नुहोस्
जनवरी २०२४


मासिक युवाहरूको शक्तिका लागि सन्देश, जनवरी २०२५

ख्रीष्टलाई हेर्नुहोस्

सिद्धान्त र करार ६:३६

२०२५ को युवाहरूका मूल विषयले तपाईंहरूलाई शङ्काको सट्टामा भरोसा र भयको सट्टामा आस्था छनौट गर्न सहयोग गर्ने छ ।

२०२५ युवाहरूको विषयको लोगो

दुर्घटनाका कारण उनको मस्तिष्कमा दर्दनाक चोट नलाग्दासम्म सत्र वर्षीय केली खेलमा दर्शकहरूलाई उत्प्रेरित गराउने टोलीमा थिइन् । स्वास्थ्यलाभ प्रक्रियाका करण उनी विद्यालय जान जानबाट बञ्चित भईन् र उनी अलग्गिएको र एक्लो महसुस गर्न सुरु गरिन् । तिनले संवेगात्मक रूपमा सङ्घर्ष गरिन् र सहयोग खोज्नका लागि कहाँ जाने भनेर जानकारी पाईनन् । एकजना साथीले उनलाई सुसमाचार प्रचारकहरूलाई सुन्न सुझाव दिईन्‌ । तिनीहरूले उनलाई येशू ख्रीष्टको प्रायश्चितका सम्बन्धमा सिकाए । ख्रीष्टका सम्बन्धमा थप सिक्नाले उनमा आशा जाग्यो र परमेश्वरस्वयम् उनीकहाँ आउँदै हुनुहुन्छ भनेर उनले महसुस गरिन् ।

परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ भनेर “मैले कहिल्यै महसुस गरेकी थिइन, केलीले आफ्नी आमालाई भनिन् । परन्तु उहाँले मलाई प्रेम गर्नुहुन्छभनेर अब मलाई जानकारी छ ।”

उनकी आमा, मिशेल, थोरै आश्चर्यचकित हुनुभयो । विभिन्न प्रश्नहरू, शङ्काहरू र चासोहरूका कारण केली सात वर्षकी छँदा उहाँ र उहाँका पति ब्रोकले पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च छोड्नुभयो । तिहाँहरूले आफ्नी छोरी सबै सभाहरू र आज्ञाहरू बिना खुसी हुने छिन् भन्ने सोच्नुभएको थियो । उहाँहरूको छनोटले केलीलाई परमेश्वरसँगको घनिष्ठ सम्बन्धबाट टाढा राख्ने छ भनेर उहाँहरूले कहिल्यै सोच्नुभएको थिएन । मिशेल र ब्रोकले केली परिवर्तन भएको देख्नुभयो र उहाँहरूले आफू परमेश्वरसँग नजिक भएको लामो समय भइसकेको थियो भनेर महसुस गर्नुभयो र उहाँहरू पुनः त्यस्तै महसुस गर्न चाहनुहुन्थ्यो ।

उहाँहरूले आफ्ना बिशपसँग भेट्नुभयो र केलीका भाइ ब्रेडन सहित सपरिवार चर्चमा फर्किनुभयो । विशेष गरी प्रार्थनाका माध्यमद्वारा परमेश्वरको नजिक भएको महसुस गर्नु र उहाँसँग पुनः जोडिनुले——उहाँहरूको आस्थाको पुनर्स्थापना भयो । चर्चमा फर्किनाले उहाँहरूका सबै प्रश्नहरू वा चासोहरू समाधान भएनन् तर परमेश्वर सँगको मजबुत व्यक्तिगत सम्बन्धका कारण उहाँहरूको अविश्वास भन्दा बढी महत्त्वपूर्ण थियो भनेर उहाँहरूले महसुस गर्नुभयो ।

तपाईं जस्तै एक किशोरी साथीले—केलीलाई ख्रीष्टलाई हेर्न—आमन्त्रण गरे पछि यो सबै सुरु भयो । अनि उनले आफ्नी साथीले गर्न आमन्त्रण गरे जस्तै गरिन्!

येशू ख्रीष्टले भन्नुभएको छ, “हरेक विचारमा मलाई हेर; शङ्का नगर, नडराऊ”(सिद्धान्त र करार ६:३६) । २०२५ को युवाहरूको विषय पछाडिको प्रेरणा यही हो । तपाईंहरूले ख्रीष्टलाई हेर्नुहुँदा शङ्काको सट्टामा भरोसा र भयको सट्टामा आस्था कसरी छनोट गर्न सक्नुहुन्छ भन्ने विषय बाँढ्न हामीलाई अनुमति दिनुहोस्:

युवतीहरूकी साधारण अध्यक्षता

बाँयादेखि दाँयासम्म: दिदी रुनिया, अध्यक्ष फ्रीम्यान, दिदी स्पान्नुअस

टामरा डबल्यू. रुनिया

जब म सङ्घर्ष गरिरहेको हुन्छु, येशू ख्रीष्टले आफ्ना बाहुहरू फैलाउनुभएको कल्पनाले मलाई सदैव सहयोग गर्छ । जब म उहाँलाई हेर्छु, म ती गीतका शब्दहरू सम्झन्छु, “I Will Walk with Jesus”: “मैले गल्ती गर्दा पनि उहाँले मलाई कहिल्यै छोड्नुहुने छैन ।”

एमिली बेल फ्रीम्यान

जब म यो विषयको धर्मशास्त्र पढ्छु, मलाई गालीलको समुद्रमा पत्रुसको सम्झना आउँछ । आँधीमा ध्यान केन्द्रित गर्नाले उनको भय र शङ्का बढ्यो, जसले उनलाई आँधीको छालमा डुबायो । परन्तु मुक्तिदातामा ध्यान केन्द्रित गर्नाले उनलाई पहिले कहिल्यै नभएको विषय पूरा गर्न सक्षम बनायो: उनी पानीमा हिँडे! वास्तवमा नै यो उल्लेखनीय छ । तपाईंहरूले उहाँलाई हेर्नुहुँदा के प्राप्त गर्न सक्नुहुन्छ?

एन्ड्रिया मुनोज स्पान्नुअस

जब मैले भय महसुस गर्छु, म जहाँ भए तापनि वा जस्तो अवस्थामा भए तापनि, म अभिप्रायपूर्वक स्वर्गका पिता र येशू ख्रीष्टसँगको मेरो सम्बन्धका बारेमा मनन गर्छु । म मेरो मस्तिष्कमा धेरै पटक दोहोर्याउँछु: म परमेश्वरकी छोरी हुँ । मैले सही महसुस नगर्दासम्म म यसलाई निरन्तरता दिन्छु । यसले सदैव काम गर्छ!

युवाहरूका साधारण अध्यक्षता

बाँयादेखि दाँयासम्म दाजु विलकक्स, अध्यक्ष लुण्ड, दाजु नेल्सन

ब्राडली आर. विल्कक्स

कसले तपाईंको बढी हेरचाह गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्नुहुन्छ भनेर आफूस्वयम् लाई सोध्नुहोस् । के उहाँहरू तपाईंका मातापिता र चर्चका अगुवाहरू हुनुहुन्छ? के यी सामाजिक सञ्जालमा रहेका मानिसहरू हुन् जसका लागि तपाईं केवल एक सङ्ख्या मात्रै हुन सक्नुहुन्छ? स्वर्गका पिता र ख्रीष्टलाई हेर्नुहोस् । वास्तवमा नै उहाँहरूले हेरचाह गर्नुहुन्छ!

स्टीभन जे. लुण्ड

हारुनको पादरित्वको गण र युवतीहरूका विषयहरू पढ्दा तपाईंलाई के स्मरण गराइन्छ सम्झनुहोस्: तपाईं परमेश्वरका/की प्रिय छोरा वा छोरी हुनुहुन्छ । हाम्रा पितासँग तपाईंहरूका लागि एक योजना छ भन्ने आस्था राख्नुहोस् । ख्रीष्टलाई हेर्नुहोस्को अर्थ उहाँको प्रायश्चित त्यो योजनाको केन्द्रबिन्दु रहेको छ भनेर हेर्नु हो ।

माइकल टी. नेल्सन

धर्मशास्त्र पढ्नु भनेको ख्रीष्टलाई हेर्नु हो! जब हामीलाई येशूका चमत्कारहरू र शिक्षाहरू स्मरण गराइन्छन् शङ्का र भयहरू स्वाभाविक रूपमा हराउँछन् । उहाँका वचनहरूमा पहुँच प्राप्त गरेकोमा हामी धेरै सौभाग्यवान छौँ । हाम्रो जीवनमा हामीले अनुभव गर्ने हरेक परिस्थितिमा तिनीहरू लागू हुन्छन् ।

सूची

  1. स्टीफन पि. शाङ्कद्वारा शब्द र सङ्गीत (हेर्नुहोस् साथी, फेब्रुवरी २०२०, २७; यो पनि हेर्नुहोस् Hymns—For Home and Church, नं १००४)।