युवाहरूको शक्तिका लागि
म येशू ख्रीष्टको शिष्य हुँ
जनवरी २०२४


“म येशू ख्रीष्टको शिष्य हुँ,” युवाको शक्तिका लागि, जनवरी २०२४ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, जनवरी २०२४

येशू ख्रीष्ट को शिष्यहुँ

तपाईंले मुक्तिदातालाई अनुशरण गर्न सक्नुहुन्छ र उहाँको वचन अरूहरूलाई प्रचारप्रसार गर्न सक्नुहुन्छ ।

छवि
२०२४ युवा विषयवस्तुको लोगो

मानिसहरूलाई चङ्गाइ दिए पछि, येशूले किन तिनीहरूमध्ये केहीलाई कसैलाई पनि नभन्न भन्नुभयो भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ,(हेर्नुहोस् मर्कूस ७:३६)? एउटा कारण उहाँलाई आवश्यक पर्ने अनुयायीहरूको प्रकारसँग सम्बन्धित हुन सक्छ । यदि मानिसहरूले तिनीहरूका चङ्गाइहरूका सम्बन्धमा कुरा गरे भने यो येशूका लागि अनुयायीहरू आकर्षित गर्ने राम्रो तरिका हुने छ भनेर तपाईंले सोच्न सक्नुहुन्छ । यद्यपि, येशूलाई अनुयायीहरू मात्र आवश्यक थिएन । उनलाई शिष्यको आवश्यक थियो ।

येशूले पत्रुस र अन्द्रियासलाई भन्नुभयो, “मलाई अनुशरण गर” (मत्ती ४:१९) । जोसेफ स्मिथको अनुवादको यो पदले बताउँछ, “म उहाँ हुँ जसका सम्बन्धमा अगमवक्ताहरूले लेखेका छन्; मलाई अनुशरण गर” (जोसेफ स्मिथ अनुवाद, मत्ती ४:१८ [मत्ती ४:१९मा, पाद टिप्पणी ]) । यो आमन्त्रण केही समयका लागि उहाँसँग घुम्नु थिएन । उहाँ तिनीहरूलाई सदाका लागि उहाँका शिष्यहरू भएको चाहनुहुन्थ्यो ।

उहाँले तिनीहरूले आफूले मानिसहरूलाई सिकाउनुभएको, प्रेम गर्नुभएको र चमत्कारहरू गर्नुभएको हेरून् भन्ने मात्रै चाहनुहुँदैनथ्यो । तिनीहरूले पनि त्यसै गरेको उहाँ चाहनुहुन्थ्यो । उहाँ आफ्नो कार्य तिनीहरूको कार्य बनोस् भन्ने चाहनुहुन्थ्यो । ख्रीष्टलाई छनोट गर्नुको अर्थ तिनीहरूले उहाँले सेवा गर्नुभए जस्तै सेवा गर्न र उहाँले सोचे जस्तै सोच्न सिक्नु हो । तिनीहरूले उहाँ जस्तै जीवन जिउने अभ्यास गर्ने छन् र उहाँले तिनीहरूलाई सिकाउनुहुने छ र तिनीहरूलाई उहाँ जस्तै बन्न आवश्यक सहयोग प्रदान गर्नुहुने छ ।

छवि
येशू ख्रीष्ट

शिष्यको ग्रीक शब्द mathetesहो । यसको अर्थ अनुयायी वा विद्यार्थी भन्दा बढी हो । यसलाई प्राय: प्रशिक्षार्थीका रूपमा अनुवाद गरिएको छ । ख्रीष्टको समयमा, शिष्यहरूले सामान्यतया मालिक छान्थे जसबाट तिनीहरू स्वयम् मालिक बन्नका लागि अभ्यास सहित सिक्न चाहन्थे । ख्रीष्टले सामान्य अभ्यासलाई अनुशरण गर्नु भएन । उहाँले यसलाई यताउता घुमाउनुभयो र बरु उहाँका शिष्यहरूलाई खोज्नुभयो । आज, ख्रीष्टले हामीलाई उहाँकहाँ आउन आमन्त्रण गर्नुहुन्छ । उहाँले हामीलाई उहाँका शिष्यहरू हुन बोलाउनुहुन्छ र उहाँका मानिसहरूमाझ उहाँको वचन घोषणा गरेको चाहनुहुन्छ ताकि तिनीहरूले अनन्त जीवन पाउन सकून् (हेर्नुहोस् ३ नफी ५:१३) ।

क्यारिबियनमा हाइटीकी एक युवतीले चर्चको सदस्य नभएको आफ्नो साथीलाई एफयसवाइ सम्मेलनमा आउन आमन्त्रण गरेर ख्रीष्टको शिष्य बन्ने इच्छा देखाइन् । सुरूमा उनका साथीका बुबाले छोरीलाई जान अनुमति दिन चाहनुभएन । चर्चका अगुवाहरूले उनको प्रतिक्षा गरिरहेका सकारात्मक अनुभवहरू र उनको हेरचाह गर्ने अद्भुत युवा वयस्क सल्लाहकारहरूका सम्बन्धमा बताउनुभयो । बुबाले आफ्नी छोरीलाई उपस्थित हुन अनुमति दिनुभयो र तिनको जीवनमा आएको परिवर्तन देखेपछि उहाँले तिनलाई चर्चका सभाहरूमा उपस्थित हुन र—छ महिनापछि—बप्तिस्मा लिन अनुमति दिनुभयो ।

दक्षिण अमेरिकामा रहेको अर्जेन्टिनाका एक युवकले बसमा स्कूल जाने क्रममा आफ्ना साथीहसँग केही मिठाइ बाँढेर ख्रीष्टको शिष्य बन्ने चाहना प्रकट गरे । जब उनी कफीको स्वादका सन्दर्भमा आए, उनको परिवारमा कसैले पनि कफी नपिउने हुनाले आफूमा त्यसको स्वाद कहिल्यै विकसित नभएको भनेर उनले बताए । त्यसले चर्च सम्बन्धि वार्तालापलाई अगुवाइ गर्‍यो, जसले सभाहरूमा आउन आमन्त्रण दियो, जसले अन्ततः उहाँको साथीलाई चर्चमा सहभगी हुन र चिलीमा सुसमाचार सेवा गर्न आमन्त्रण दियो ।

तपाईंले चर्चका सम्बन्धमा बोल्ने वा चर्चका क्रियाकलापमा आमन्त्रण गर्ने सबै सहभगी हुन चाहनुहुन्न । ठिकै छ । उहाँको सांसारिक सेवाका क्रममा ख्रीष्टसँग बोल्ने सबै सहभागी भएनन् । तैपनि, जब हामी येशू ख्रीष्टको शिष्यहरू बन्ने छनोट गर्छौं र उहाँको वचन घोषणा गर्छौं, उहाँले हामीलाई साहस र दैवी सहयोग दिनुहुने छ । कसरी उहाँ जस्तै बन्ने भनेर हामीले सिक्ने छौँ र शिष्यहरूले त्यसै गर्छन् ।