२०२३
अन्तिम शब्द: बुझ्न खोज्नुहोस्
अगष्ट २०२३


“बुझ्न खोज्नुहोस्,” युवाहरूको शक्तिका लागि, अगष्ट २०२३ ।

मासिक युवाहरूको शक्तिका लागि मासिक सन्देश, अगष्ट २०२३

बुझ्न खोज्नुहोस्

अप्रिल २०१९ साधारण सम्मेलन सम्बोधनबाट अनुकूलित ।

छवि
महिला तेलको दियो सहित

एमिली जोन्सद्वारा चित्रण

येशू ख्रीष्टको सुसमाचारलाई बुझ्न खोज्दा हाम्रो उद्देश्य परमेश्वरमा र उहाँको खुशीको दैवी योजनामा ​​र येशू ख्रीष्ट र उहाँको प्रायश्चितको बलिदानमा आस्था बढाउनु र दिगो परिवर्तनप्राप्त गर्नु हुनु पर्छ । यस्तो बढ्दो आस्था र परिवर्तनले हामीलाई परमेश्वरसँग वाचाहरू गर्न र राख्न मद्दत गर्ने छ, यसरी येशूलाई अनुशरण गर्ने हाम्रो चाहनालाई बलियो बनाउँछ र हामीमा साँचो आध्यात्मिक रूपान्तरण उत्पन्न गर्छ । यो रूपान्तरणले हामीलाई थप सुखी, उत्पादनशील र स्वस्थ जीवन ल्याउने छ र हामीलाई अनन्त दृष्टिकोण कायम राख्न मद्दत गर्ने छ ।

छवि
धर्मशास्त्र अध्ययन गरिरहेको युवक

यो प्राप्त गर्नको लागि, हामीले धर्मशास्त्रमा आफूलाई डुबाएर तिनीहरूमा रमाएर, उहाँको सिद्धान्त सिकेर र उहाँको जीवनयापन अनुशरण गर्ने प्रयास गरेर येशू ख्रीष्टमा रहनु आवश्यक छ । तब मात्र हामीले उहाँलाई जान्ने छौँ र उहाँको आवाजलाई चिन्ने छौँ, यो जानेर कि हामी उहाँकहाँ आउँदा र उहाँमा आस्था राख्दा, हामी कहिल्यै भोकाउने छैनौँ न तिर्खाउने छौँ (हेर्नुहोस् यूहन्ना ६:३५)।

छवि
युवक प्रार्थना गर्दै

त्यो संयोगले हुँदैन । ईश्वरीयताको उच्चतम प्रभावहरूमा आफूलाईसंलग्न गर्नु सामान्य कुरा होइन; यसको लागि परमेश्वरलाई पुकार्नु र येशू ख्रीष्टको सुसमाचारलाई हाम्रो जीवनको केन्द्रमा कसरी ल्याउने भनेर सिक्नु आवश्यक छ ।

छवि
युवती आफ्नो हृदय छूँदै

म तपाईंहरूलाई गवाही दिन्छु कि जब हामीले येशू ख्रीष्टको सुसमाचार बुझ्नको लागि गहिरिएर, हृदयदेखि, दृढताका साथ र इमान्दारीपूर्वक प्रयास गर्छौँ र यसलाई वास्तविक उद्देश्य र आत्माको प्रभावमा एकअर्कालाई सिकाउँछौँ, यी शिक्षाहरूले हृदयलाई परिवर्तन गर्न र परमेश्वरको सत्यता अनुसार जिउने इच्छालाई प्रेरित गर्न सक्छ ।