२०२३
बाँढ्ने सात दिनहरू
जुलाई २०२३


“बाँढ्ने सात दिनहरू,” युवाको शक्तिका लागि, जुलाई २०२३ ।

मासिक युवाको शक्तिका लागि सन्देश, जुलाई २०२३

बाँढ्ने सात दिनहरू

तपाईं साधारण र स्वभाविक तरिकामा सुसमाचार बाँढ्न सक्नुहुन्छ । के तपाईं चुनौतीका लागि तयार हुनुहुन्छ?

जब हामी हाम्रा गवाहीहरू बाँढ्ने सम्बन्धमा कुरा गर्छौं, प्रायश: हामी प्रभुभोजका सभाहरूमा वा कुनै अन्य औपचारिक वातावरणमा हाम्रा गवाहीहरू व्यक्त गर्ने सम्बन्धमा सम्झन्छौँ । परन्तु हामीलाई “स्वभाविक र साधारण तरिकामा आफ्नो विश्वास जगाउने अवसरहरू खोज्न” प्रोत्साहन दिइएको छ ।”

तलको सात-दिने चुनौतीमा, तपाईंले एक हप्ताका लागि हरेक दिन फरक तरिकाले आफ्नो गवाही बाँढ्न सक्नुहुन्छ । तपाईं यी बिषयहरू कुनैपनि क्रममा गर्न सक्नुहुन्छ, वा तपाईंले आफ्नै विचारहरू पनि ल्याउन सक्नुहुन्छ! के तपाईं चुनौतीका लागि तयार हुनुहुन्छ?

छवि
सभा घर

एमिली डेविसद्वारा चित्रण

दिन १: चर्च

यदि यो विषय तपाईंलाई सहज लाग्छ भने चर्चका उपवास र गवाहीका सभामा आफ्नो गवाही व्यक्त गर्ने सम्बन्धमा विचार गर्नुहोस् । यदि सहज लाग्दैन भने, तपाईंले आइतबार र सेमिनरीका आफ्ना कक्षाहरूमा सहभागी भएर पनि चर्चमा आफ्नो गवाही बाँढ्नु सक्नुहुन्छ । तपाईंले त्यहाँ बाँढ्नुभएका टिप्पणीहरूले अरूहरूलाई प्रोत्साहन गर्न र तिनीहरूको गवाहीलाई मजबुत बनाउन सक्छ ।

छवि
साथीहरू

दिन २: साथीहरू

आइतबार चर्चमा तपाईंले के सिक्नुभयो? प्रभुभोज सभाको कुनै वक्तव्य वा तपाईंको कक्षाको छलफलमा कसैले बताएको विषय तपाईंलाई मन पर्‍यो? हुनसक्छ प्रारम्भको गीत तपाईंलाई मनपर्ने भजन मध्येको एक थियो । यस बारे एक साथीलाई भन्नुहोस्! त्यसपछि उनीहरूको सप्ताहन्तका सम्बन्धमा पनि सोध्नुहोस् ।

छवि
सामाजिक सञ्जालमा फोन

दिन ३: सामाजिक सञ्जाल

आध्यात्मिक विषयहरू सामान्य र स्वाभाविक रूपमा बाँढ्नका लागि सामाजिक सञ्जाल उत्तम स्थान हो । चुनौतीको यो दिनका लागि, निम्न पोस्ट बाँढ्ने सम्बन्धमा विचार गर्नुहोस्:

  • तपाईंलाई मनपर्ने धर्मशास्त्रका पदहरू मध्येको एक ।

  • साधारण सम्मेलनबाट एक प्रोत्साहनयुक्त उद्धरण ।

  • एक आध्यात्मिक विचार वा अनुभव ।

  • मुक्तिदाताका सम्बन्धमा तपाईंलाई मनपर्ने वा प्रशंसायोग्य लाग्ने केही विषयवस्तु ।

  • उहाँले तपाईंलाई हालसालै सहयोग गर्नुभएको तरिका वा उहाँमा तपाईंले प्रशंसा गर्नुहुने गुण र कारण ।

छवि
भिडियो र सन्देश सहित फोन

दिन ४: सन्देश वा भिडियो

सन्देश वा भिडियोद्वारा साथीलाई प्रोत्साहनयुक्त सन्देश पठाउनुहोस् । तपाईंले सम्मेलनको एउटा वक्तव्य बाँढ्न सक्नुहुन्छ जुन तिनीहरूले मन पराउन सक्छन् भन्ने तपाईंलाई महसुस हुन सक्छ, उनीहरूका सम्बन्धमा तपाईंले कदर गर्नुहुने केही विषय उनीहरूलाई बताउनुहोस् वा येशू ख्रीष्टमा तपाईंको आस्थाका सम्बन्धमा बताउनुहोस् । उदाहरणका लागि, स्वर्गमा हुनुहुने पिताको तिनीहरूलाई प्रेमका सम्बन्धमा तिनीहरूले जान्नु आवश्यक हुन सक्छ । तपाईंले तिनीहरूलाई सदैव व्यक्तिगत रूपमा पनि भन्न सक्नुहुन्छ!

छवि
मुटुको आकारको बेलुन लिएकी युवती

दिन ५: सेवा

अरूहरूको सेवा गरेर आफ्नो गवाही बाँढ्ने तरिका कसरी हुन सक्छ भनेर तपाईं मनन गर्न सक्नुहुन्छ । प्रेरित पावलले तिमोथीलाई भने, “तपाईं विश्वासीहरूको उदाहरण बन्नुहोस्, वचनमा, वार्तालापमा, परोपकारमा, आत्मामा, आस्थामा, शुद्धतामा” (१ तिमोथी ४:१२) । त्यसैले तपाईंले आफ्नो उदाहरणद्वारा, मुक्तिदाताले तिनीहरूलाई सेवा गर्ने जस्तै गरी अरूहरूलाई सेवा गरेर आफ्ना विश्वासहरू देखाउन सक्नुहुन्छ ।

छवि
कलाका सामग्रीहरू

दिन ६: कला

आफ्नो विचार र भावनाहरूलाई बाँढ्नका लागि कहिलेकाहीँ मानिसहरूले कलालाई फरक तरिकाले प्रयोग गर्छन् । येशू ख्रीष्ट र उहाँको सुसमाचारका सम्बन्धमा तपाईंलाई महसुस भएका विचारहरूका लागि तपाईंले चित्रकारी, मूर्तिकला, कविता, सङ्गीत वा अन्य कुनै पनि प्रकारको कला प्रयोग गर्न सक्नुहुन्छ ।

छवि
युवा वार्तालाप गर्दै

दिन ७: अनौपचारिक वार्तालापहरू

अनौपचारिक वातावरणहरूमा आफ्ना विश्वासहरू उल्लेख गर्न नडराउनुहोस्, जस्तै तपाईंले अन्य कुनैपनि विषयका सम्बन्धमा कुनैपनि विचारहरू बाँढ्नुहुन्छ ।

तपाईं, अवश्य पनि, चर्चका क्रियाकिलापहरू वा तपाईंले भर्खरै पढ्नुभएको धर्मशास्त्रका सम्बन्धमा कुरा गर्न सक्नुहुन्छ, तर यो त्यो भन्दा पनि धेरै अनौपचारिक हुन सक्छ । उदाहरणका लागि:

  • यदि तपाईं प्रकृतिबाट प्रेरित भएको महसुस गर्नुहुन्छ भने, परमेश्वरको सृष्टिका सम्बन्धमा अन्य कसैलाई आफ्नो प्रशंसा व्यक्त गर्नुहोस् ।

  • सम्भवतया तपाईंले हालसालै एक उत्तम आध्यात्मिक अनुभव गर्नुभएको थियो । यदि यो अति नै व्यक्तिगत छैन भने यसका सम्बन्धमा साथीलाई बताउनुहोस् ।

  • तपाईंलाई मनपर्ने पुस्तक वा चलचित्रमा सुसमाचारका समानताहरू पत्ता लगाउनुहोस् र आफ्नो अन्तर्दृष्टि बाँढ्नुहोस् ।

साधारण र स्वभाविक

जब तपाईंले आफ्नो विश्वासलाई बाँढ्ने विभिन्न तरिकाहरू पत्ता लगाउनुहुन्छ, यो तपाईंका लागि अधिक भन्दा अधिक स्वाभाविक हुने छ । सुरूमा यो अप्ठ्यारो लाग्न सक्छ, तरपनि यो ठीकै छ! सम्झनुहोस्, तपाईंको गवाही आफैंमा तपाईंका लागि पहिले नै स्वाभाविक छ—यो तपाईं को हुनुहुन्छ भन्ने अंश हो । यसलाई बाँढ्नु स्वभाविक हुन पनि सक्छ । यसलाई हरेक दिन अझै बढी अभिव्यक्त गर्नु हो ।

आज तपाईंले आफ्नो गवाही कसरी बाँढ्नुहुने छ?

सूची

  1. डिएटर एफ्. उक्डोर्फ, “Apr. 2019 general conference” (Ensign or Liahona, मे २०१९, १७)।