२०२३
के हामी अहिले परिपूर्ण हुनु जरुरी छ?
फेब्रुवरी २०२३


“के हामी अहिले परिपूर्ण हुनु जरुरी छ?” युवाहरूको शक्तिका लागि,फेब्रुवरी २०२३ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, फेब्रुवरी २०२३

के हामी अहिले परिपूर्ण हुनु जरुरी छ?

अक्टोबर २०१७ साधारण सम्मेलन सम्बोधन बाट ।

छवि
धर्मशास्त्र अध्ययन गरिरहेको युवक

एमिली ई. जोन्सद्वारा चित्रण

धर्मशास्त्रहरू हामीलाई आशीर्वादप्रोत्साहन दिन लेखिएका हुन्, अनि तिनीहरूले अवश्य नै त्यसो गर्दछन् । परन्तु के तपाईंले ध्यान दिनुभएको छ कि समय-समय एक अनुच्छेद आउँछ जसले हामीलाई स्मरण गराउँछ कि हामी थोरै पछि परिरहेका छौँ ? उदाहरणका लागि: “त्यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता परिपूर्ण हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै परिपूर्ण हुनुपर्दछ । “ (मत्ती ५:४८) । त्यस आज्ञासँगै, हामी ओछ्यानमा फर्केर जान चाहन्छौँ र हाम्रा शिर सिरकले ढाक्न चाहन्छौँ । त्यस्तो सेलेस्टियल लक्ष्य हाम्रो पहुँचभन्दा बाहिर देखिन्छ । तैपनि यदि हामीले त्यसलाई पूरा गर्न नसक्ने भएको भए परमप्रभुले हामीलाई त्यस्तो आज्ञा अवश्य नै दिनुहुने छैन ।

छवि
वर्षामा छाता सहितकी युवती

“हो, ख्रीष्टकहाँ आऊ र उहाँमा परिपूर्ण होऊ,” मोरोनी बिन्ती गर्दछन् । “आफ्नो सम्पूर्ण क्षमता , मस्तिष्क र सामर्थ्यका साथ प्रेम गर्दछौ भने… उहाँको अनुग्रहद्वारा तिमी ख्रीष्टमा परिपूर्ण हुन सक्दछौ” (मोरोनी १०:३२; जोड दिएर थपिएको ) । सत्य परिपूर्णताको हाम्रो एकमात्र आशा स्वर्गबाट यसलाई एक उपहारको रूपमा प्राप्त गर्नु हो-जसलाई हामीले “आर्जन गर्न” सक्दैनौँ ।

छवि
कुकुरसँग युवती डाँडाको उकालो चढ्दै

येशू बाहेक, हामी लागि परेका यो पृथ्वीको यात्रामा त्यहाँ कुनै त्रुटिरहित कार्य भएका छैनन्, त्यसैले नश्वर जीवनमा स्थिर सुधार का लागि प्रयास गरौँ र आफुस्वयम् र अरूहरूबाट अत्यधिक अपेक्षा नगरौँ ।

छवि
आँधीबेरीको समुद्रमा जहाज

यदि हामी दृढ रह्यौँ भने, कहीँ न कहीँ अनन्तकालमा हाम्रो परिष्करण सकिनेछ र पूरा हुनेछ-जसको अर्थ नयाँ करारमा परिपूर्णता हो ।