२०२२
प्रतिक्षा नगर! गोठालाहरू जस्तै बन
डिसेम्वर २०२२


“प्रतिक्षा नगर! “गोठालाहरू जस्तै बन,” युवाहरूको शक्तिका लागि, डिसेम्वर २०२२ ।

मासिक युवाको शक्तिका लागि सन्देश, डिसेम्वर २०२२

लूका २: ८-२०

प्रतिक्षा नगर! गोठालाहरू जस्तै बन

छवि
गोठालाहरू

धेरै पहिले एक शान्त रातमा गोठालाहरू आफ्ना बगाल लगनशीलताका साथ हेरिरहेका थिए ।

छवि
भेडा

गोठालाहरूको एक महत्वपूर्ण काम थियो । भेडाहरूलाई दाना, पानी र खतराबाट सुरक्षा चाहिन्थ्यो ।

छवि
देवदूत

अचानक एक देवदूत प्रकट भए!

“नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु. … आज तिमीहरूका निम्ति एक जना… मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।”

छवि
देवदूत

देवदूतले गोठालाहरूलाई भने कि तिनीहरूले बालकलाई बेथलेहेममा लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछन् ।

छवि
देवदूतको क्वायर

देवदूतको क्वायरले आकाश भरियो र ती देवदूत सँगै परमेश्वरको गुणगान गाउन थाले ।

“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!”

छवि
गोठालाहरू

“आओ, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं ।”

छवि
गोठालाहरू तारालाई पछ्याउँदै

गोठालाहरूले प्रतिक्षा गरेनन् । यो अति नै महत्वपूर्ण थियो! तिनीहरू बेथलेहेममा “हतार गर्दै आए ।”

छवि
गोठालाहरू डूँड़मा

देवदूतले भने झैं गोठालाहरूले येशूलाई लुगाले बेरिएर डूँड़मा सुतिरहनुभएको पाए ।

छवि
बालक येशू

यी तिनै मसीहा हुन् जो संसारका मुक्तिदाता र उद्दारकर्ता हुन र हामीमा सत्य आनन्द ल्याउन आउनुभयो ।

छवि
गोठालाहरू

गोठालाहरूले धेरै उत्साहित भए! तिनीहरूले आफुले सुनेका र देखेका कुराहरू अरूलाई बताए ।

“संसारका मुक्तिदाताको जन्म भयो!”

“मसीहा अन्ततः आउनुभयो!”

छवि
धर्मशास्त्रहरू पढिरहेको युवक

गोठालाहरू “हतार गर्दै येशूकहाँ आए ।” तपाईंपनि आउन सक्नुहुन्छ!

तपाईं उहाँका बारेमा सिक्नसक्नुहुन्छ ।

छवि
मैदानमा घाँस काट्दै गरेका युवक

तपाईं अरूको सेवा गरेर उहाँलाई सेवा गर्नसक्नुहुन्छ ।

छवि
एक युवती एक युवासँग मोर्मोनको पुस्तक बाँढ्दै

तपाईं उहाँका बारेमा गवाही दिन सक्नुहुन्छ ।