२०२१
म आफ्नो जीवनमा मैले परमप्रभुको वाणी सुनेको कसरी थाहा पाउन सक्छु ?
फेब्रुवरी २०२१


“म आफ्नो जीवनमा मैले परमप्रभुको आवाज सुनेको कसरी थाहा पाउन सक्छु ?” युवाको शक्तिका लागि, फेब्रुवरी २०२१, २९ ।

युवाको शक्तिका लागि मासिक सन्देश, फेब्रुवरी २०२१

म आफ्नो जीवनमा मैले परमप्रभुको वाणी सुनेको कसरी थाहा पाउन सक्छु ?

छवि
धर्मशास्त पढिरहेको युवक

अध्यक्ष रसल एम. नेल्सनले हामी कसरी येशू ख्रीष्टको वाणी सुन्छौँ भन्ने कुराबारे हामीलाई “गहिराइ र प्रायजसो विचार गर्न” र “उहाँको वाणी अझ राम्ररी तथा अझ धेरै पटक सुन्नका लागि कदमहरू चाल्न” आमन्त्रित गर्नुभएको छ (“‘तपाईं कसरी #HearHim ?’ एउटा विशेष निमन्त्रणा,” २६ फेब्रुवरी, २०२०, blog.ChurchofJesusChrist.org) ।

हामी धर्मशास्त्र र अगमवक्ताका वचनहरू मार्फत उहाँको वाणी सुन्न सक्छौँ । तर यसको तात्पर्य ती शब्दहरू सुन्नु वा पढ्नु मात्र होइन भन्ने कुरा जान्नु नै महत्वपूर्ण छ । अगमवक्ता जोसेफ स्मिथ मार्फत परमप्रभुले स्पष्ट पार्नुभयो :

“तपाईंलाई [यी शब्दहरू] भन्ने मेरो वाणी नै हो; किनकि ती शब्दहरू मेरो आत्माले तपाईंलाई दिएको हो … ;

“तसर्थ, तपाईं आफूले मेरो वाणी सुनेको भनेर गवाही दिन सक्नुहुन्छ” (सिद्धान्त र करार १८:३५–३६) ।

यसका अतिरिक्त, उहाँको वाणी सुन्ने प्रयत्न गर्नु त्यस्तो काम होइन जुन हामी प्रेरणास्वरूप गर्दछौँ । अध्यक्ष नेल्सनले भन्नुभएको छ, “यो काममा सचेत र निरन्तर प्रयास आवश्यक हुन्छ” (“(“Hear Him,” अप्रिल २०२० साधारण सम्मेलन [झण्डा वा लीयाहोना, मे २०२०, ८९]) ।

जब तपाईं अध्ययन, प्रार्थना, आराधना, सेवा र परमप्रभुका आज्ञाहरूको पालना गर्नुहुन्छ, तब उहाँले तपाईंलाई आफ्नो आत्मारूपी आशीर्वाद दिनुहुनेछ र येशू ख्रीष्टको प्रायश्चित्तको माध्यमबाट, उहाँले तपाईंलाई परिवर्तन गर्नुहुनेछ । त्यसपछि तपाईं आफूले उहाँको वाणी सुनेको थाहा पाउन सक्नुहुन्छ ।