साथी
अगमवक्ता यशैया
डिसेम्बर २०२६


“अगमवक्ता यशैया,” साथी, डिसेम्बर २०२६, ४६–४७ ।

मासिक साथी सन्देश, डिसेम्बर २०२६

अगमवक्ता यशैया

यशैयाले दर्शनमा परमप्रभुलाई देख्नुभएको चित्र

एक दिन मन्दिरमा, परमप्रभुले यशैयालाई अगमवक्ता हुन बोलावट गर्नुभयो । यशैयाले मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो र तिनीहरूलाई येशू ख्रीष्टको आगमनका सम्बन्धमा सिकाउनुहुन्थ्यो ।

यशैयाले येशू ख्रीष्टको जन्मका सम्बन्धमा अगमवाणी गर्नुभएको चित्र

येशू ख्रीष्ट एक दिन उहाँका मानिसहरूलाई पापबाट बचाउन आउनुहुने छ भनेर यशैयाले बुझ्नुभयो । परन्तु सबैले उहाँलाई आफ्ना मुक्तिदाताका रूपमा चिन्न सक्ने छैनन् । यशैया धेरै दुःखी भए किनभने धेरै मानिसहरूले येशू ख्रीष्टमा विश्वास गर्ने छैनन् भनेर उनीलाई जानकारी थियो ।

येशू ख्रीष्टको दोस्रो आगमनका सम्बन्धमा यशैयाले लेख्दै गरेको चित्र

यशैयाले येशू ख्रीष्टको दोस्रो आगमनका सम्बन्धमा पनि अगमवाणी गर्नुभयो । कुनै दिन उहाँ फर्कनुहुने छ र सम्पूर्ण पृथ्वीको राजा हुनुहुने छ । उहाँ पुनः आउनुहुने छ र सदाका लागि दया र शान्ति ल्याएर आफ्ना पिताका योजना पूरा गर्नुहुने छ । येशू ख्रीष्ट तिनीहरूका मुक्तिदाता हुनुहुन्छ भनेर हरेकले जान्ने छन् भनेर यशैयाले भन्नुभयो ।

रङ भर्ने पाना

येशू बेथलेहेममा जन्मनुभएको थियो

मरियम चढेको गधा डोऱ्याइरहेका योसेफको रङ्गीन पृष्ठ PDF

अड्री डेद्वारा चित्रण । चर्चको प्रयोगका लागि मात्रै प्रतिलिपि गर्न सकिन्छ ।

तपाईं मुक्तिदाताको जन्म कसरी मनाउनुहुन्छ ?