“आगोमा सुरक्षित,” साथी, अक्टोबर २०२६, ४६–४८ ।
मासिक साथी सन्देश, अक्टोबर २०२६
आगोमा सुरक्षित
राजा नबूकदनेसरले एक विशाल, सुनको मूर्ति बनाए र आफ्ना मानिसहरूलाई पूजा गर्न बाध्य पारे । यदि तिनीहरूले अस्वीकार गरे भने तिनीहरूलाई आगोको भट्टीमा हालिने छ ।
दानिएलका साथीहरू शद्रक, मेशक र आबेद्नेगोले परमेश्वरलाई प्रेम गर्थे र राजाको झूटा देवताको उपासना गरेनन् ।
उहाँहरूले केवल परमेश्वरको आराधना गर्ने छ भनेर ती तीन साथीहरूले राजालाई भन्नुभयो । परमेश्वरले तिनीहरूको रक्षा गर्न सक्नुहुन्छ भनेर तिनीहरूले विश्वास गरे । परन्तु उहाँले तिनीहरूलाई बचाउनुभएन भने पनि, तिनीहरू विश्वास गरेका चीजका लागि खडा हुने छन् ।
राजा रिसाए । तिनले उनीहरूलाई आगोको भट्टीमा फ्याँक्न लगाए । परन्तु जब राजाले त्यस भट्टीमा हेरे, तब ती तीन जना मानिसहरूसँगै आगोमा स्वर्गका एक प्राणी देखेर उनी आश्चर्यचकित भए ।
राजाले शद्रक, मेशक र आबेद्नेगोलाई बोलाए र उनीहरू त्यस भट्टीबाट बाहिर निस्किए । आगोले उनीहरूलाई नोक्सान पुऱ्याएको थिएन र उनीहरूका लुगा समेत जलेको थिएन ।
शद्रक, मेशक र आबेद्नेगोले आफ्नो जीवन खतरामा पर्दा पनि परमेश्वरको आज्ञा पालना गरे । उहाँहरूको उदाहरणले राजालाई परमेश्वरमा विश्वास गर्न सहयोग गऱ्यो ।
रङ भर्ने पाना
अगमवक्ताहरूलाई परमप्रभुको वचन बोल्न बोलावट गरिएको छ
अड्री डेद्वारा चित्रण । चर्चको प्रयोगका लागि मात्रै प्रतिलिपि गर्न सकिन्छ ।
तपाईं अगमवक्ताको अनुसरण कसरी गर्नुहुन्छ ?
© 2026 by Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, October 2026 को अनुवाद । Nepali. 20061 372