“रूथ र नाओमी,” साथी, सेप्टेम्बर २०२६, ४६–४८ ।
मासिक साथी सन्देश, सेप्टेम्बर २०२६
रूथ र नाओमी
नाओमीको परिवार यहूदामा बस्थ्यो । अनिकालका कारण तिनीहरूसँग पर्याप्त खाना थिएन, त्यसैले उनीहरू मोआबमा सरे ।
मोआबमा, नाओमीका पतिको मृत्यु भयो र तिनका छोराहरूले अर्पा र रूथ नाम गरेका महिलाहरूसँग विवाह गरे । तिनीहरूले १० वर्षसम्म नाओमीको हेरचाह गरे । त्यसपछि अर्पा र रूथका पतिहरूको मृत्यु भयो । अब ती महिलाहरू एक्लै भए ।
अर्पा घर फर्किइन् । परन्तु रूथ त्यहिँ बसेर नाओमीको हेरचाह गर्न चाहन्थिन् । रूथ र नाओमीले यहूदाको भूमिमा पुनः बाली भएको सुने, त्यसैले तिनीहरूले त्यतैतर्फ यात्रा गरे ।
तिनीहरू बाली काट्ने समयमा आइपुगे । ती खेतहरू नाओमीका नातेदार बोअजका थिए । तिनले रूथलाई आफ्नो खेतमा बाँकी रहेको अन्न लिन दिए । यो कडा परिश्रम थियो ।
बोअजले रूथलाई आदर गर्थे किनभने उनी कडा परिश्रम गर्थिन् र नाओमी र परमप्रभुप्रति निष्ठावान् थिइन् ।
रूथले बोअजलाई आफूसँग विवाह गर्न आग्रह गरिन् । बोअजलाई रूथ एक निष्ठावान् र सद्गुणी स्त्री हुन् भनेर जानकारी थियो । उनी सहमत भए ।
रूथ र बोअजको विवाह भयो र तिनीहरूबाट एउटा छोरा जन्मियो । धेरै वर्षपछि, येशू ख्रीष्ट यही पारिवारिक वंशमा जन्मनुभयो ।
रङ भर्ने पाना
येशू ख्रीष्टका कारण, म पश्चात्ताप गर्न र शुद्ध हुन सक्छु ।
अड्री डेद्वारा चित्रण । चर्चको प्रयोगका लागि मात्रै प्रतिलिपि गर्न सकिने छ ।
राम्रो छनोट गर्न तपाईंलाई सम्झनका लागि कुन चीजले सहयोग गर्छ ?
© 2026 by Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, September, 2026को अनुवाद । Nepali. 20073 372