धर्मशास्त्रहरू
तीन साक्षीहरूको गवाही


तीन साक्षीहरूको गवाही

सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू र जन जसकासामु यो कृति आउनेछ उसलाई ज्ञात होस्: कि हामीले, परमेश्वर पिताको र हाम्रा परमप्रभु येशू ख्रीष्टको अनुग्रह मार्फत्, यी पाताहरू देखेका छौँ जुनले यो अभिलेख समेटेको छ, जुनले नफीका जन, उनीहरूका बन्धु लमानीहरू र येरेदका जनको पनि जो त्यो धरहरादेखि आए जुनका बारेमा बोलिएको छ, उनीहरूको विवरण दिन्छ। अनि हामीलाई यो पनि थाहा छ कि तिनको परमेश्वरको उपहार र शक्तिद्वारा अनुवाद गरिएको छ, किनकि उहाँको आवाजले यो हाम्रासामु घोषणा गऱ्यो; यसकारण हामीलाई निश्चितताका साथ थाहा छ कि यो कृति सत्य छ। अनि हामी यो पनि गवाही दिन्छौं कि हामीले ती कुँदाइ देखेका छौँ जुन यी पाताहरूमा छन्; र ती हामीलाई मानिसको होइन परमेश्वरको शक्तिद्वारा देखाइएको छ। अनि हामी यी वचनहरू गम्भीरताका साथ घोषणा गर्दछौँ कि स्वर्गबाट परमेश्वरको एक स्वर्गदूत तल आए र उनले ल्याए र हाम्रा आँखाअगाडि राखे, कि हामीले ती पाताहरू, तिनमा भएका कुँदाइहरू हेऱ्यौँ र देख्यौँ र हामीलाई थाहा छ कि यो परमेश्वर पिता, हाम्रा परमप्रभु येशू ख्रीष्टका अनुग्रहद्वारा हो, कि हामीले देख्यौँ र गवाही दिन्छौँ कि यी कुराहरू सत्य छन्। अनि यो हाम्रा आँखाहरूमा विस्मयकारी छ। तैपनि परमप्रभुको आवाजले हामीलाई आज्ञा दियो कि हामीले यसको गवाही दिनुपर्छ; यसकारण परमप्रभुको आज्ञा पालना गर्न, हामी यी कुराहरूको गवाही दिन्छौँ। अनि हामीलाई थाहा छ कि यदि हामी ख्रीष्टमा आस्थावान भयौँ भने हामीले सबै मानिसहरूका रगत हाम्रा वस्त्रहरूबाट हटाउनेछौँ र ख्रीष्टको न्यायको आसनअगाडि निष्कलङ्क देखिनेछौँ र अनन्तकालका लागि स्वर्गमा उहाँसँग बस्नेछौँ। अनि सम्मान पिता र पुत्र र पवित्र आत्मामा होओस्, जो एक परमेश्वरहुनुहुन्छ। आमिन।

ओलिवर काउडरी

डेविड व्हिट्मर

मार्टिन हेरिस