सबैलाई स्वागत् छ । तपाईंको नजिकको चर्चमा जानुहोस् ।
साधारण प्रश्नहरू
के पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरू ईसाइ हुन्?
हो! पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सदस्यहरूका रूपमा, हामी विश्वास गर्छौं कि येशू ख्रीष्ट परमेश्वरका पुत्र र संसारका मुक्तिदाता हुनुहुन्छ । उहाँले हामी सबैलाई हामीले कल्पना गर्न सक्ने भन्दा बढी प्रेम गर्नुहुन्छ। हामी आफूलाई येशूको समर्पित अनुयायीहरू ठान्छौँ । हाम्रा केही विश्वासहरू फरक भए तापनि, हामी विश्वास गर्छौं कि उहाँको जीवन, सेवा, बलिदान र पुनरुत्थानद्वारा, येशू ख्रीष्टले हामीलाई पाप, पीडा र मृत्युबाट बचाउनु हुन्छ ।
हाम्रा विश्वासहरूका सम्बन्धमा थप जान्नुहोस् ।
चर्चका सेवाहरू कस्ता हुन्छन्?
चर्चको सेवाको समय एक सभादेखि अर्को सभामा फरक हुन्छ । यद्यपि, तपाईं सधैँ सबैका लागि हुने एउटा मुख्य आराधनाको सभा, त्यसपछि बालबालिकाहरू, युवाहरू र वयस्कहरूका लागि हुने कक्षाहरूको अपेक्षा गर्न सक्नुहुन्छ ।
सबैका लागि हुने सभालाई “प्रभुभोज सभा” भनिन्छ । यस सभामा गीतहरू, प्रार्थनाहरू र हरेक हप्ता सभाका विभिन्न सदस्यहरूले दिने सन्देशहरू (वा “व्यक्तव्यहरू”) समावेश हुन्छन् । तर सभाको सबैभन्दा महत्त्वपूर्ण अंश हो जब हामीले मुक्तिदातालाई सम्झनका लागि प्रभुभोज (जुन कम्यूनियनसँग समान छ) ग्रहण गर्छौँ ।
आइतबारका सेवाहरू अथवा तपाईंको नजिकैको चर्च खोज्नुहोस् भन्ने सम्बन्धमा थप जान्नुहोस् ।
पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा किन मन्दिरहरू छन् ?
पछिल्ला दिनका सन्तहरूका लागि, मन्दिर अन्य चर्च भवनहरूभन्दा फरक छ । मन्दिर त्यो ठाउँ हो जहाँ पछिल्ला दिनका सन्तहरूले परमेश्वर र येशू ख्रीष्टका सम्बन्धमा विशेष निर्देशन पाउँछन् । मन्दिरमा, सदस्यहरूले परमेश्वरसँग अनन्त करारहरू (वा प्रतिज्ञाहरू) गर्छन् । यसमा आज्ञाहरू पालना गर्ने, येशू ख्रीष्टको सुसमाचार जिउने, विवाहमा इमानदार रहने र हामीसँग भएका चीजहरू बाँडेर एकअर्काको हेरचाह गर्न सहयोग गर्ने प्रतिज्ञाहरू समावेश छन् ।
साथै, किनकि हामी विश्वास गर्छौँ कि परिवारहरू सदाका लागि हुन्छन्, मन्दिरहरू भित्र गरिने धेरै कार्यहरू पारिवारिक बन्धनलाई अझ बलियो बनाउनका लागि हुन्छन् । मन्दिरमा विवाहहरू अनन्तसम्म रहनका लागि सम्पन्न गरिन्छ, “मृत्यु पछि तपाईं अलग नहुँदासम्म” मात्र होइन । आमाबाबु र छोराछोरीहरू मन्दिरमा अनन्त परिवार बन्छन् । यदि कसैले पितापुर्खाहरूका लागि पवित्र विधिहरू निर्वाह गरे र ती सेवाका कार्यलाई तिनीहरूले स्वीकार गरे भने तिनीहरूले पनि मन्दिरका सबै आशीषहरू प्राप्त गर्न सक्छन् । मन्दिरहरू व्यस्त स्थानहरू हुन्!
मोर्मोनको पुस्तक भनेको के हो?
मोर्मोनको पुस्तक प्रेरित धर्मशास्त्रको पुस्तक हो जसले हामीलाई परमेश्वर र येशू ख्रीष्टका सम्बन्धमा सिकाउँछ । यसले हामीलाई हाम्रो व्यक्तिगत जीवनका लागि मार्गदर्शन प्राप्त गर्न सहयोग गर्छ र हामीलाई येशू ख्रीष्टको नजिक भएको महसुस गर्न सहयोग गर्न सक्छ । यो नाम कहाँबाट आएको हो ? सयौँ वर्ष पहिले, मोर्मोन नाम गरिएका एक प्राचीन अगमवक्ताले आफ्ना मानिसहरूको अभिलेख संकलन गरेका थिए । उनीहरूले हामीले गरेका जस्तै धेरै चुनौतीहरूको सामना गरे । अनि हामीले जस्तै, तिनीहरूले शक्ति पाए जब तिनीहरूले येशू ख्रीष्टमा भरोसा राखे । सुसमाचार प्रचारकहरूबाट मोर्मोनको पुस्तकको परिचय पाउनुहोस् ।
मोर्मोनको पुस्तक बाइबलको साथमा येशू ख्रीष्टको अर्को करार र संसारको मुक्तिदाता र उद्धारकर्ताको रूपमा उहाँको दैवी उद्देश्यको रूपमा खडा छ । सँगै, बाइबल र मोर्मोनको पुस्तकले हामी सबैका लागि परमेश्वरको महान् प्रेमको थप ज्ञान प्रदान गर्छ र हामीलाई उहाँको नजिक आउन सहयोग गर्न सक्छ ।
बाइबल र मोर्मोनको पुस्तकले कसरी सँगै कार्य गर्छ भन्ने सम्बन्धमा थप जान्नुहोस् ।
के हामी बाइबलमा विश्वास गर्छौँ ?
गर्छौँ । बाइबल परमेश्वरको वचन हो, धर्मशास्त्रको एक पवित्र ग्रन्थ हो र यसका शिक्षाहरूको अनुसरण गर्नाले हाम्रो जीवनमा प्रसन्नता ल्याउँछ । बाइबलको साथमा, हामीले धर्मशास्त्रका अन्य पुस्तकहरूमा पनि प्रेरणा पाउँछौँ जुन पाछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका लागि अद्वितीय छ । तिनीहरू सबैले हामीलाई परमेश्वर र येशू ख्रीष्टका सम्बन्धमा महत्त्वपूर्ण सत्यहरू सिकाउन एकसाथ कार्य गर्छन् ।
बाइबलमा हाम्रो विश्वासका सम्बन्धमा थप सिक्नुहोस् ।
परमेश्वरको नजिक हुनुहोस् । सुसमाचार प्रचारकहरूलाई भेट्नुहोस् ।
अनलाइन वा व्यक्तिगत रूपमा भेट्नुहोस् । हामी तपाईंहरूका प्रश्नहरूको जवाफ दिने छौँ र तपाईंहरूको स्थानीय चर्च समुदायमा तपाईंहरूलाई परिचय गराउने छौँ ।
येशू ख्रीष्टमा केन्द्रित आस्थाको समुदाय
चर्चबाट ताजा खबर प्राप्त गर्नुहोस् ।
संसारभर राम्रा विषयहरू भइरहेका छन् । चर्च परियोजनाहरू, आयोजनाहरू, प्रकोप राहत प्रयासहरू र अन्य गतिविधिहरूका हालका सूचनाहरू प्राप्त गर्नुहोस् ।
चर्च पत्ता लगाउनुहोस् ।